भक्तपुरको श्यामा श्यामाधाममा कृष्ण जन्माष्टमी महोत्सव

काठमाडाैं | भदौ ३, २०७९

भक्तपुरको श्यामा श्यामाधाममा कृष्ण जन्माष्टमी महोत्सव

श्रीकृष्ण जन्माष्टमीको दिन आज बिहानैदेखि श्यामा श्यामाधाम राधेराधेस्थित भक्ति मन्दिरमा कृष्ण जन्माष्टमी महोत्सव सुरु भएको छ । श्री राधा माधव समितिको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको दिन आज बिहान ५ बजेदेखि नै दर्शनार्थीका लागि खुला गरेको शक्ति मन्दिरमा बिहानैदेखि दर्शनार्थी लामबद्ध भएर राधा-कृष्णको पूजा एवं दर्शन गरेका छन् । 

 

कोरोना भाइरसको महामारीका कारण विगत दुई वर्ष सर्वसाधारणका लागि खुला गर्न नसके पनि यस वर्ष बिहानैदेखि दर्शनार्थीका लागि मन्दिर खुला गरेको श्री राधा माधव समितिका केन्द्रीय सदस्य राजेन्द्र सिग्देलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बिहानैदेखि मेला भर्न सत्सङ्गी एवं अन्य भक्तजन लामबद्ध भएका छन् । राति १२ बजेसम्म नै श्यामा श्यामाधाममा विभिन्न पूजन कार्यक्रम भइरहन्छ ।” 

 

सत्सङ्गीका लागि दिनभर साधना गर्ने, श्रीकृष्णको महाभोग गर्ने, श्रीकृष्णलाई अभिषेक गर्ने र साँझ ५ बजे महाआरती गर्ने, कृष्णलाई माखन अर्पण गर्ने, दिनभर कृष्णलीला प्रस्तुत गर्ने र मध्यराति १२ बजे जन्माष्टमी महोत्वस सम्पन्न गरिनेछ । महोत्सवलाई व्यवस्थित गर्न राधा माधव समितिअन्तर्गत डिभाइन युथ क्लबले स्वयंसेवीको भूमिका निर्वाह गरिरहेको छ । 

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्